०१ असार २०८३, सोमबार

जाजरकोटमा ४८ स्वास्थ्य संस्थामा क्षति

कात्तिक २७, २०८०
काठमाडौं
जाजरकोटमा ४८ स्वास्थ्य संस्थामा क्षति

जाजरकोट ।  भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ । 

रुकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंकरूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताए । जाजरकोटमा एक सय ३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ । 

यता, सल्यानका एक सय ५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंकरूपमा क्षति भएको उनले जानकारी दिए । उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्