२४ जेठ २०८३, आइतबार
विश्वकप क्रिकेट

नकआउट चरणमा भारतको खराब रेकर्ड, 'हेड टु हेड'मा न्युजिल्याण्ड भारी

कात्तिक २९, २०८०
काठमाडौं
नकआउट चरणमा भारतको खराब रेकर्ड, 'हेड टु हेड'मा न्युजिल्याण्ड भारी

विश्वकप क्रिकेट २०२३ को सेमिफाइनल खेलमा आज (बुधबार) भारत र न्युजिल्याण्ड भिड्दै छन् । दुई देशबीचको खेल दिउँसो सवा २ बजे शुरू हुनेछ । 

भारतको मुम्बईस्थित वनखेडे स्डेडियममा हुने खेलको विजेता टोली विश्व फाइनलमा प्रवेश गर्ने छ । 

वनखेडे स्डेडियममा भारतले सन् २०११ को विश्वकप क्रिकेट जितेको थियो । 

भारत विश्वकप २०२३ का सबै खेल जित्दै सेमिफाइनल पुगेको हो । 

तर, आईसीसी टुर्नामेन्टमा भारतविरुद्ध न्युजिल्याण्डको रेकर्ड भने गजबको छ । आईसीसी टुर्नामेन्टमा अहिलेसम्म दुई देशबीच १० खेल भएका छन् । जसमध्ये ८ खेल न्युजिल्याण्डले जितेको छ ।

भारतसँग सन् २०१९ मा इग्ल्याण्डमा भएको विश्वकप सेमिफाइनलमा मिलेको हारको बदला लिने अवसर छ । 

न्युजिल्याण्डसँग भारत सन् २०१९ को विश्वकप सेमिफाइनलमा मात्र होइन, २०२१ मा सम्पन्न आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि पराजित भएको थियो ।

यस मैदानमा खेलिएका २१ मध्ये भारतले १२ खेल जितेको छ । ९ मा हार व्यहोरेको छ ।

नकआउट चरण अर्थात् सेमिफाइनल वा फाइनलमा भारतको नतिजा निराशाजनक छ ।

भारतले आइसीसीका विभिन्न प्रतियोगिताअन्तर्गत कुल ४४ म्याचमध्ये ३८ वटामा जीत हासिल गरेको छ, अर्थात् भारतले ८६ प्रतिशत म्याच जितेको छ ।

तर, यो अवधिमा ९ मध्ये ८ प्रतियोगितामा भारतले नकआउट चरणमा पराजित हुनु परेको छ । अर्थात् भारतले नकआउट चरणमा यो अवधिमा ८९ प्रतिशत पराजय झेलेको छ ।

सेमिफाइनल म्याचको पूर्वसन्ध्या दुवै टिमका कप्तानले नतिजा आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गर्ने बताए । पत्रकार सम्मेलनमा भारतका कप्तान रोहित शर्माले भने, ‘न्युजिल्याण्ड सबैभन्दा अनुशासित टिम हो, उनीहरू निकै स्मार्ट तरिकाले क्रिकेट खेल्छन् । न्युजिल्याण्डका केही खेलाडीले हाम्रा केही खेलाडीसँगै क्रिकेट खेलेका छन् र उनीहरु हाम्रो मानसिकताबारे जानकार छन् ।’

यस्तै, न्युजिल्याण्डका कप्तान केन विलियम्सनले दुवै टिमसँग सेमिफाइनल जित्ने बराबर मौका रहेको बताए । उनले भने, ‘हामीले आफ्नो क्षमता अनुसार खेल्यौँ भने जे पनि हुन सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्