
पोखरीमा डुबेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर ४ नासमानाका ५३ वर्षीय सुमन राजभण्डारी रहेका प्रहरीले जनाएको छ ।
मंगलवार साँझ १८ः२० बजेको समयमा भक्तपुरको दुधपाटी नपुखु पोखरीमा डुबिरहेको अवस्थामा भेटिएका राजभण्डारीलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मंगलवार नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।