२३ जेठ २०८३, शनिबार

विश्व क्रिकेटमा कोहलीको कीर्तिमानी शतक, तोडे सचिनको रेकर्ड

कात्तिक ३०, २०८०
काठमाडौं
विश्व क्रिकेटमा कोहलीको कीर्तिमानी शतक, तोडे सचिनको रेकर्ड

विश्व क्रिकेटमा भारतका ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक प्रहार गरेका छन्। विश्वकप क्रिकेटको सेमिफाइनलमा बुधबार न्युजिल्यान्डविरुद्ध कोहलीले कीर्तिमानी ५०औं शतक बनाएका हुन् । 

उनले ५० सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान तोडेका छन् ।

सचिनले आफ्नो ४५१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४९ शतक बनाएका थिए । सचिनको कीर्तिमान कोहलीले आफ्नो २७७औँ खेलमा बराबरी गरेका थिए । बुधबार आफ्नो २७९औँ खेलमा उनले ५० शतक पुर्‍याएर नयाँ कीर्तिमान बनाएका हुन् ।


उनको कीर्तिमानी शतकसँगै न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।

अब उपाधिका लागि भारतले अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेलबाट हुने विजेतासँग खेल्ने छ । यी दुई टिमबीच आज  प्रतिस्पर्धा हुँदै छ ।  

salt training

कमेन्ट गर्नुहोस्