०६ साउन २०८३, बुधबार

बाइडेनले फेरि भने– सी जिनपिङ तानाशाह हुन्

कात्तिक ३०, २०८०
काठमाडौं
बाइडेनले फेरि भने– सी जिनपिङ तानाशाह हुन्

 अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ तानाशाह भएको दोहोर्‍याएका छन् । उनले चिनियाँ समकक्षीमाथि यस्तो टिप्पणी गरेको यो दोस्रो पटक हो । 

एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा सीसँग भेटवार्तापछि आयोजित एक पत्रकार सम्मेलनमा बाइडेनले सी तानाशाह नै भएको बताएका हुन् । 

सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘चीनको सरकार यस्तो स्वरुपमा आधारित छ जो हाम्रो भन्दा विल्कुल फरक छ । उनी त्यस्तो देशको सत्तामा रहेको अर्थमा तानाशाह हुन् ।’

यस पहिलो गत जुनमा पनि बाइडेनले सी तानाशाह भएको अभिव्यक्ति दिएपछि हंगामा भएको थियो । त्यतिबेला चीनले बाइडेनको टिप्पणीलाई ‘एकदम बेतुक र गैरजिम्मेजारीपन’ भनेर प्रतिक्रिया दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्