०८ साउन २०८३, शुक्रबार

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

मंसिर १, २०८०
काठमाडौं
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । टिकटक बन्द गर्ने सरकारको कदमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएको जानकारी दिए । 

रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गरिएको छ । ‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले भने ।

सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा अरु पनि पुगिसकेका छन् । अधिवक्ता स्वागत नेपालले पनि सरकारको कदमविरुद्ध रिट दिएका छन् । अन्य केही अधिवक्ताहरू पनि सरकारको कदमविरुद्ध रिट लिएर सर्वोच्च पुगेका छन् । तर, रिट दर्ता भने भइसकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्