३१ असार २०८३, बुधबार

च्याट जीपीटी निर्माता ओपन एआईका प्रमुख साम अल्टम्यान बर्खास्त

मंसिर २, २०८०
काठमाडौं
च्याट जीपीटी निर्माता ओपन एआईका प्रमुख साम अल्टम्यान बर्खास्त

आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई हटाएको छ । बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको आरोप लगाउँदै उनलाई हटाएको हो । 

बोर्डले अल्टम्यानले कम्पनीसँगको आफ्नो सञ्चारमा स्पष्ट नभएको आरोप पनि लगाएको छ । कम्पनीले विज्ञप्ति जारी गरी अहिलेसम्म गरेको योगदानका लागि अल्टम्यानप्रति आभार प्रकट गरेको छ । 

सञ्चालक समितिका सदस्यहरूले कम्पनीलाई अब नयाँ नेतृत्वको आवश्यकता रहेको महसुस गरेका छन् ।

अल्टम्यानले सामाजिक सञ्जालमा लेख्दै कम्पनीमा बिताएका दिनहरूबाट आफू खुसी रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्