
सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।
उनीहरूलाई शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका ११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।