×

NIC ASIA

अस्पतालमा आक्रमणको चेतावनीपछि भागाभाग

काठमाडाैं | मंसिर २, २०८०

Prabhu Bank
NTC
Premier Steels

इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् ।

Muktinath Bank

अल–शिफा अस्पताल वरपर ठूलो विस्फोटनको आवाज सुनिएपछि विस्थापित व्यक्ति, चिकित्सक, नर्स र बिरामी तथा घाइतेहरू एम्बुलेन्सबिना नै समुन्द्री किनारतर्फ जाँदै गरेको देखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले भाग्दै गर्दा बाटोमा इजरायली ड्रोनको आवाज सुनिएको र नराम्ररी क्षतिग्रस्त पसलहरू र पल्टिएका सवारी साधनहरूको छेउछाउमा कम्तीमा १५ वटा शवहरू देखेको पुष्टि गरे । 


Advertisment
Nabil box
Kumari

हमास प्रभावित क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना घाइते र केही समय नपुग्दै जन्मेका शिशु अझै पनि शिफा अस्पतालमा रहेको जनाएको छ ।

Vianet communication

हमासको अपरेशन सेन्टरको खोजी गरिरहेको इजरायलले अस्पतालभित्र सैन्य कारबाही गर्न दबाब दिइरहेको छ । 

इजरायलले अक्टोबर ७ मा करिब एक हजार ४०० जनाको ज्यान लिने गरी हमासले इजरायली क्षेत्रमा गरेको आक्रमणपछि हमासलाई ध्वस्त पार्ने भन्दै प्यालेष्टिनी क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ । मारिएकामध्ये अधिकांश दक्षिणी इजरायलका नागरिकहरू थिए भने केही पढ्न वा कामको शिलशिलामा विदेशबाट इजरायलमा बस्दै आएका विदेशी रहेका थिए । हमासले गरेको आक्रमणपछि कम्तीमा२४० मानिसहरूलाई बन्धक बनाएको थियो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार इजरायली सेनाको निरन्तर हवाई र स्थल कारबाहीले पाँच हजार बालबालिकासहित १२ हजार मानिसको ज्यान लिइसकेको छ ।

गाजा शहरमा शनिबार बिहान इजरायली सेनाले लाउडस्पिकरमार्फत अल–शिफा अस्पताल ‘अर्को एक घण्टाभित्र’ खाली गर्न आदेश दिएको घटनास्थलमा रहेका एएफपीका एक पत्रकारले बताए ।

उनीहरूले अस्पतालका निर्देशक मोहम्मद अबु सालमियालाई फोन गरेर बिरामी, घाइते, विस्थापित र स्वास्थ्यकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई समुन्द्री किनारतर्फ जान आग्रह गरेका थिए ।

इजरायली सेनाले शिफा अस्पतालका निर्देशकको अनुरोधलाई स्वीकार गर्दै अस्पतालमा रहेका र त्यहाँबाट बाहिर जान चाहने थप गाजावासीलाई उद्धार गर्न अनुमति दिएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेना अल–शिफामा प्रवेश गर्नुअघि दुई हजार ३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टिनीहरू अल–शिफामा आश्रय लिइरहेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x