२४ जेठ २०८३, आइतबार

टिकटकबारे प्राधिकरणको जरुरी सूचना, जानकारी माग

मंसिर ३, २०८०
काठमाडौं
टिकटकबारे प्राधिकरणको जरुरी सूचना, जानकारी माग

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा  पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको छ । 

आइतबार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन आग्रह गरेको हो।  

‘दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकिएको र सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरूलाई अनुरोध गरिएको छ’, प्राधिकरणको सूचनामा भनिएको छ । 

मन्त्रिपरिषद्‌को  कात्तिक २७ गतेको बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्