२२ जेठ २०८३, शुक्रबार

मोरङका विभिन्न क्षेत्रमा काठ तस्करी बढ्यो

मंसिर ३, २०८०
विराटनगर
मोरङका विभिन्न क्षेत्रमा काठ तस्करी बढ्यो

मोरङको सुन्दरहरैचा नगरपालिका– १ हरैचाबाट प्रहरीले चोरी–तस्करी भएर टिपरमा लोड भएको सालको काठ बरामद गरेको छ ।  सशस्त्र प्रहरीको वन सुरक्षा टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैचा नगरपालिकाभित्र पर्ने लोहान्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको ३८.९६ क्यूफिट सालको काठ बरामद गरेको हो । 

टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैचा  १ हरैचास्थित नेहा सह मिलका संचालक विन्धेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय सलपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याउन लागिएको थियो । 

मिल संचालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि सिलबन्दी गरी अनुसन्धान सुरु गरेको माझीले बताए । पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन नवकार्यालयले वन ऐनअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । 

पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको सरोकारवाला बताउँछन् । तस्करहरूले तस्करीको काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । 

यसअघि पनि कानेपोखरी गाउँपालिकाभित्र पर्ने सामुदायिक वन क्षेत्रबाट पनि चोरी तस्करी भएर मिलमा पुर्‍र्याएको काठ बरामद भएको थियो । कानेपोखरी गाउँपालिकाभित्र तीन वटा सामुदायिक वन रहेका छन् । त्यहाँका ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. छन् । यी तीन वटै सामुदायिक वनबाट रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्काे समूह र गन्तव्यसम्म पुर्‍याउने छुट्टै समूह प्रयोग गर्दछन् । 

यसरी सामुदायिक वन भित्रबाट चोरी भएको ४४ क्यूफिट सालको काठ केही महिना अगाडि बरामद भएको थियो । कानेपोखरी ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वन कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यूफिट सालको काठ कानेपोखरी ५ र ६ नं. वडाबाट बरामद गरेको हो । यसअघि पनि ग्रामीण सुधार सामुदायिक वनबाट चोरी तस्करी भएर गएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो ।

सामुदायिक बनको आन्तरिक समस्याका कारण ग्रामीण सुधार वनबाट पाँच वर्षदेखि जङ्गलभित्र लडेका रूखहरूको घाट गद्दी हुन सकेको छैन । लडेका रूखहरू जङ्गलभित्र रहँदा चोरी तस्करी धन्दामा पल्किएको समूहको नजर सालको काठमा परेको स्थानीयवासी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्