२८ जेठ २०८३, बिहीबार

लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

मंसिर ३, २०८०
झापा
लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
फाइल फोटो

झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका १० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदार र शिवसताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् । उनीहरूलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पोदारलाई मेचीनगर नगरपालिका ६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरी चौकी टाघनडुब्बा र बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले राउतलाई झापा गाउँपालिका ४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्