०४ साउन २०८३, सोमबार
क्रिकेट

अष्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि, घरेलु मैदानमा भारत स्तब्ध

मंसिर ३, २०८०
काठमाडौं
अष्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि, घरेलु मैदानमा भारत स्तब्ध

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाको जितमा ट्राभिस हेड नायक बने । 

उनले १२० बलमा ४ छक्का र १४ चौकासहित १३७ रन जोडे । उनकै सानदार सतकीय इनिङको बलमा अष्ट्रेलियाले ४४ बल बाँकी छँदै ४ विकेट खर्चिएर लक्ष्य भेट्टायो । 

यसैगरी मार्नुस लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा अष्ट्रेलियालाई २ सय ४१  रनको लक्ष्य दिएको थियो । 

अष्ट्रेलियाको कसिलो बलिङसामु भारतका लागि केएल राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाएका थिए । 

अष्ट्रेलियाले १९८७, १९९९, २००२, २००७ र २०१५ मा पनि विश्वकपको उपाधि जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्