
हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो ।
मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताए । उनले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताए ।
त्यसै गरी पुरानो सिलिन्डर साट्ने हो भने प्रतिसिलिन्डर ग्यास भरेपछि चार हजार पाँच सय रुपियाँ लाग्ने गरेको छ । यसअघि पुरानो सिलिन्डर भरेको मात्र पाँच हजार पाँच सय रुपियाँ लाग्ने गरेको खबर गोरखापत्रमा छापिएको छ ।