
शुक्रवारदेखि सम्पर्कविहीन स्याङजाका प्रकाश ढकाल धादिङमा मृत फेला परेका छन् । आइतबार बेलुका धादिङको रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै ढकाल मृत फेला परेको प्रहरीले जनाएको छ ।
सडकबाट तल खसेको अवस्थामा उनको शव भेटिएको धादिङका एसपी गौतम मिश्रले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ ।
मृतक ढकालले केही म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन् । उनले केही समय पत्रकारितासमेत गरेका थिए ।
तिहार सकेर काठमाडौं फर्कने क्रममा गत शुक्रबारदेखि उनी बेपत्ता भएका थिए । ढकालको निधनमा लोकदोहोरी क्षेत्रका कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् ।