
इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा आइतवार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
धनुषाधाम ९ धारापानी बस्ने १२ वर्षका बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।
घाइतेमध्ये धनुषाधाम–९ धारापानीकै ३५ वर्षकी मनवती लामा र ६० वर्षकी शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अन्य घाइते सबैको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएकाहरूको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतवार राति नै पक्राउ गरेको छ ।
घाइतेमध्ये अनिल परियारको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।