१० साउन २०८३, आइतबार

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न एमालेको आग्रह

मंसिर ४, २०८०
काठमाडौं
भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न एमालेको आग्रह

नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । 

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । 

    सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ । 

    यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि  भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयम्सेवक टोली खटाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्