१९ असार २०८३, शुक्रबार

उपल्लो मुुस्ताङमा पर्यटक बढे

मंसिर ४, २०८०
मनाङ
उपल्लो मुुस्ताङमा पर्यटक बढे

 उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । 

उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुुख पदमराज रेग्मीका अनुुसार २०२३ को जनवरीदेखि नोबेम्वर तेस्रो सातासम्म तीन हजार तीन सय ८८ पर्यटकले उपल्लो मुुस्ताङ भ्रमण गरेका छन् । 

“यसअघिका वर्षमा वार्षिक एक हजार जनाको सङ्ख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने उपल्लो मुुस्ताङमा यसपाली पर्यटक आगमन अकल्पनीय रुपमा बढेको छ”, उनले भने, “सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटक आगमन बढेको हो ।”

यसवर्ष ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए । सन् २०२१ मा छ सय दुई जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् । 

मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्क वापत पाँच सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ । 

यो शुल्क तिरेरपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमति पाउँछन् । उपल्लो मुस्ताङ घुमेको १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनुपर्ने हुन्छ । सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्याङ्कअनुसार रु २२ करोड ३६ लाख आठ हजार राजस्व सङ्कलन भएको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्