०३ साउन २०८३, आइतबार

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

मंसिर ४, २०८०
काठमाडौं
जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई  गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशनको सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार  एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको हाे ।

छात्रवृत्तिमा छनौट हुने विद्यार्थीले आफू पढेको कलेज वा स्कूलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन् भने प्राप्त हुने रकम पार्टटाइम काम गरेको समय अनुसार घटबढ हुने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो।
 विगतका वर्षदेखि प्रदान गरिदै आएको उक्त छात्रवृत्तिका लागि यस वर्ष माग भएको आवेदनमा २ सय ४३ जनाले गरेको आवेदनबाट गोलाप्रथाद्वारा ७० विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरे जानकारी दिए। 

छात्रवृत्तिलाई जापानका विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुसम्म पहुँच पुर्याउनका लागि ए, बि, सी बल्कमा बाँडेर एनआरएनए जापानमा क्षेत्रीय समितिको संयोजनमा एक महिनाको अवधि राखेर आवेदन संकलन गरिएको एनआरएनए जापानका उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्