२५ जेठ २०८३, सोमबार

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

मंसिर ५, २०८०
काठमाडौं
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् ।

बीबीसीले मंगलबार सूची जारी गर्दै रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । ​

एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्शना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । 

ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्