
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको १४ वटा रिटमा मंगलवार एकसाथ प्रारम्भिक सुनुवाइ भएको थियो ।
इजलासले १० दिन (मंसिर १५) भित्र टिकटक बन्द गर्नु पर्नाको कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
साथै, मंसिर १९ मा पूर्ण सुनुवाईका लागि पेश गर्ने आदेश पनि भएको छ ।
सामाजिक सद्भाव खल्बल्याउने काम गरेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यससँगै टिकटक तत्काल सुचारु हुने सम्भावना टरेको छ । अब अन्तिम फैसलामै टिकटकबारे थप निर्णय हुनेछ ।