१० साउन २०८३, आइतबार

न्याय परिषद्‌द्वारा १८ न्यायाधीशको सरुवा, उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा निरौला

मंसिर ५, २०८०
काठमाडौं
न्याय परिषद्‌द्वारा १८ न्यायाधीशको सरुवा, उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा निरौला
फाइल फोटो

उच्च अदालतका १४ जना मुख्य न्यायाधीश तथा न्यायाधीशहरूको सरुवा भएको छ । साथै ४ जना न्यायाधीशहरूलाई काज सिफारिश गरिएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको न्याय परिषद् बैठकले उक्त सरुवा गरेको हो । 

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गरिएको छ ।

यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूको उच्च अदालत पोखराको बाग्लुङ इजलाश, उच्च अदालत तुलसीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दको उच्च अदालत विराटनगर, धनकुटा इजलाशमा सरुवा गरिएको हो ।

उच्च अदालत पोखराको बाग्लुङ इजलाशका न्यायाधीश कृष्ण गिरीलाई उच्च अदालत दिपायलमा, उच्च अदालत पाटनको हेटौँडा इजलाशका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलाशमा सरुवा गरिएको हो ।

यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा सरुवा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्