०१ असार २०८३, सोमबार

भारतले दियो चौथो चरणको भूकम्पको राहत

मंसिर ५, २०८०
काठमाडौं
भारतले दियो चौथो चरणको भूकम्पको राहत

भारत सरकारले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । मंसीर ४ गते नेपाल आइपुगेको उक्त सामग्री हस्तानण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले  यी राहत सामग्री उपलब्ध गराएको दूतावासको भनाइ छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतवासले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्