०५ साउन २०८३, मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक

वामपन्थी एकताको पपुलिस्ट गीत नगाउन पार्टी पंक्तिलाई ओलीको चेतावनी

मंसिर ६, २०८०
काठमाडौं
वामपन्थी एकताको पपुलिस्ट गीत नगाउन पार्टी पंक्तिलाई ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठनलाई खुलस्त स्वीकारेर आउने बाहेकका विकल्पमा वामपन्थी एकता नहुने बताएका छन् ।

बुधवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरूलाई नीतिलाई खुलस्त मानेर कोही आए एकता गर्ने नभए एकताको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । 

‘पार्टी एकता त्यस्तो बेलामा हुन्छ जब अर्कोले आवश्यकता ठान्छ । हाम्रा नीतिलाई मानेपछि, संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेपछि मात्रै एकता हुन्छ । नत्र बराबर दुई अध्यक्ष राखेर एकता हुँदैन’, ओलीले भने, ‘हामीले अनुभव, कोशिश, प्रयोग र व्यवहारले उन्नत रुप देखायौं । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । वैशाखी खोज्ने होइन । आफ्ना खुट्टा बलियो बनाउने हो यतातिर लाग्नुपर्छ ।’

ओलीले वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिस्ट कुरा नगर्न पनि पार्टी पंक्तिलाई चेतावनी दिएका छन् । 

‘प्रगतिशील र दक्षिणपन्थी दुई धार छन् । तर वामपन्थी शक्ति नमिलीकन हुँदैन भन्ने पपुलिस्ट कुरा नगर्नुस् । वामपन्थी मिल्नुपर्छ भन्ने कुन नयाँ कुरा हो ? वापमन्थी एकता भन्ने कुरा मैंले राजनीति शुरू गर्दा देखि सुनेको हो । वामपन्थीबीच जति एकता गरायो  त्यत्ति फुटे । एउटा एकता दुई फुट यो निरन्तर हुँदै आएको छ’, ओलीले भने ।

‘हामीले त्यतिखेर आवश्यकता भएर एकता गर्यौं । किनकि काम देखाउनुपर्ने थियो । सरकार बनाउनुपर्ने थियो । हामी सरकारमा नगएको भए केही सक्दैन थियौं । यसकारण काँचो राजनीति चपाएर बसेर केही हुँदैन', उनले थपे, 'राजनीतिक उद्देश्य र सिद्धान्तलाई नछोडी, आफ्ना विचारमा सहमत गर्न नसक्ने, अरूका विचारमा लहस्सिँदै जानु वामपन्थी होइनन् । यसैले एकताको रट नलगाउनुस् पार्टी निर्माणमा लाग्नुस् ।’

salt training

कमेन्ट गर्नुहोस्