०७ साउन २०८३, बिहीबार

रामजीलाई कारबाही गरी ब्याडमिन्टन संघमा नयाँ तदर्थ समिति बनाउन माग गर्दै राखेपमा उजुरी

मंसिर ६, २०८०
काठमाडौं
रामजीलाई कारबाही गरी ब्याडमिन्टन संघमा नयाँ तदर्थ समिति बनाउन माग गर्दै राखेपमा उजुरी

नेपाल ब्याडमिन्टन संघका तदर्थ समिति संयोजक रामजीबहादुर श्रेष्ठलाई कारबाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)मा उजुरी परेको छ ।

पूर्व उपाध्यक्ष समेत रहेका तदर्थ समिति सदस्य सुभाष श्रेष्ठले दिएको उजुरीमा रामजीले संघको 'लेटरप्याड' दुरुपयोग गरेको, संघको नाममा रहेको बैंक खाता अनधिकृत रूपमा सञ्चालन गरेको तथा विभिन्न जिल्लाबाट नवीकरणका नाममा पैसा उठाएर दुरुपयोग गरेकाले छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

'नेपाल ब्याडमिन्टन संघ विघटन भई नयाँ निर्वाचन गर्ने गरी ३ महिनाको समय तोकेर रामजीबहादुर श्रेष्ठको संयोजकत्वमा ४१ सदस्य तदर्थ समिति बन्यो । सो समितिले निर्धारित समयमा निर्वाचन गर्न सकेन र पुनः सोही समितिलाई ४५ दिनको समय थप गरियो, तर थप गरिएको समयमा पनि राखेप विकास ऐन, २०७७ अनुरूप संघको संरचना बनाउन तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ दफा (७) को खेल संघ स्थापनासम्बन्धी मापदण्ड पूरा गर्न सकेन ,' उजुरीमा उल्लेख छ ।

'केही व्यक्तिहरूले भेला भई नेपाल ब्याडमिन्टन संघ गठन भयो भनी विगत केही दिन अगाडिदेखि संघको 'लेटरप्याड' दुरुपयोग गर्ने, नेपाल ब्याडमिन्टन संघको नाममा रहेको बैंक खाता सञ्चालन गर्ने विभिन्न जिल्लाबाट नवीकरणको नाममा पैसा उठाउने र दुरुपयोग गर्ने, साथै अन्तर्राष्ट्रिय संघलाई समेत प्रभाव पारी संघको नाममा विभिन्न गतिविधि गर्दै आइरहेको हुँदा यस्ताखाले गतिविधिबाट संघलाई नकरात्मक असर पर्न जान्छ,' उजुरीमा अगाडि भनिएको छ ।

पहिलेदेखि नै अर्थिक अनियमितता तथा बेरुजुको विषयहरू आइरहेको उजुरीमा उल्लेख छ ।

'यस्ताखाले गतिविधिलाई अन्तर्राष्ट्रिय खेल संघले पनि राम्रो मान्दैन, तसर्थ यी सबै विषय समाधान गर्दै ब्याडमिन्टन खेललाई अन्धकारबाट उज्यालो बाटोमा लैजान नदिने, विवादित गराइरहने, गठन नभएको संघको नामबाट गलत गतिविधि गर्ने वा संलग्न हुने जो कोहीलाई कानूनअनुसार छानबीन गरी कारबाही गर्न अनुरोध गर्दछौं,' उजुरीमा भनिएको छ ।

संघको शून्यता हटाई ब्याडमिन्टन खेललाई आधिकारिक रूपमा चलायमान बनाउन राखेप ऐन र नियमावलीअनुसार नयाँ समिति बनाउन समेत उजुरीमा माग गरिएको छ ।

हेर्नुहोस्, उजुरी :

null

salt training

कमेन्ट गर्नुहोस्