
काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु मकवानपुरकाे चित्लाङ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
‘कस्तो ठाउँ परेछ भने काठमाडौँबाट नजिकै पर्ने चित्लाङ आसपास केन्द्रबिन्दु भएछ । त्यही भएर काठमाडौँमा ठुलो धक्का महसुस भयो’, केन्द्रका एक अधिकारीले बताए । ४.५ म्याग्निच्युडको भएपनि मध्यरातमाभूकम्पको कडा धक्का महसुस हुँदा सर्वसाधारणमा होहल्ला समेत उन्पन्न भएको थियो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले धनजनको क्षति भएको थियो ।