२८ जेठ २०८३, बिहीबार

उपहारको  मुर्रा राँगा साढे चार घण्टा भन्सारमा रोकिएपछि...

मंसिर ७, २०८०
काठमाडौं
उपहारको  मुर्रा राँगा साढे चार घण्टा भन्सारमा रोकिएपछि...

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ । 

भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताए । उाले ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको जानकारी दिए । 

डा राजेशले भारत सरकारले नेपाल सरकारलाई उपहार दिएको कागजपत्र देखाउँदा पनि यो नाकाबाट राँगा लैजान अनुमति छैन भनेर भारतीय कस्टमका अधिकारीले ठाडो जवाफ दिएर विभिन्न कागजपत्र र बिल मागेर दुःख दिएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्