२७ असार २०८३, शनिबार

उर्लाबारी आगलागी घटनाः घाइते दाहालको मृत्यु

मृत्यु हुनेको संख्या २ पुग्यो
मंसिर ७, २०८०
विराटनगर
उर्लाबारी आगलागी घटनाः घाइते दाहालको मृत्यु

मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भएका हेमकुमार दाहालको मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४९ वर्षीय दाहालको उपचारको क्रममा बुधवार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

अस्पतालको आईसीयूु कक्षमा उपचाररत दाहालको राति ११ बजे मृत्यु भएको हो । उनको अनुहार घाँटी, छाती, दुवै हात र दुवै खुट्टामा गरी प्रायः शरीर पनि जलेको थियो । 

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी–७ का  दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो  । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । 

२३ जना घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आईसीयू कक्षमा ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि उपचारकै क्रममा तपन पण्डितको मृत्यु भएको थियो ।
 

कमेन्ट गर्नुहोस्