०८ असार २०८३, सोमबार

ठाउँ–ठाउँबाट निस्कियो दुर्गा प्रसाईं समर्थकको र्‍याली, बल्खुमा सभा

मंसिर ७, २०८०
काठमाडौं
ठाउँ–ठाउँबाट निस्कियो दुर्गा प्रसाईं समर्थकको र्‍याली, बल्खुमा सभा

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ महाअभियान’ले आयोजना गरेको सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्‍याली शुरू भएका छन् । 

काठमाडौंको बल्खुमा हुने सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली शुरू भएको हो ।

भक्तपुर, महाजगञ्ज, चाबहिल, कलंकी, सातदोबाटो क्षेत्रबाट र्‍याली शुरू भएको आयोजकले जनाएको छ । 

बल्खुमा हुने सभालाई प्रसाईं लगायतले सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रसाईंको आन्दोलनका कारण चक्रपथको कलंकी–कोटेश्वर खण्डमा यातायात प्रभावित भएको छ । चक्रपथमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्