१० साउन २०८३, आइतबार
आन्दोलनको दोस्रो दिन

तीनकुनेमा प्रसाईंको आन्दोलनः प्रहरीले रेस्टुरेन्टमा खाउन्जेल कुर्‍यो, बिल तिरेपछि पक्राउ गर्‍यो [तस्वीरहरू ]

मंसिर ८, २०८०
काठमाडौं
तीनकुनेमा प्रसाईंको आन्दोलनः प्रहरीले रेस्टुरेन्टमा खाउन्जेल कुर्‍यो, बिल तिरेपछि पक्राउ गर्‍यो [तस्वीरहरू ]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनको दोस्रो दिन शुक्रवार तीनकुने आसपासबाट नेपाल प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ । प्रहरीले बिहानैदेखि पक्राउ जारी राखेको हो ।

यसैबीच, तीनकुनेमा रहेको रोयल रेस्टुरेन्ट भित्रैबाट पनि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

null

खाजा खान रेस्टुरेन्ट गएका दुई जनालाई प्रहरीले खाउन्जेल कुरेको थियो । त्यसपछि बिल तिरेपछि पक्राउ गरेर भ्यानमा हालेको छ ।

प्रसाईं भने भक्तपुरस्थित घरमै छन् । उनलाई सुरक्षाका लागि भित्रै राखिएको गृह मन्त्रालयले जनाएको छ ।

null 

यसअघि प्रसाईंले तीनकुने जान समर्थकहरूलाई अपिल गरेका थिए । यता, तीनकुनेमा भने प्रशासनले धरपक्कड जारी राखेको छ । 

null

प्रसाईंले व्यवस्था उल्ट्याउन भन्दै बिहीवारदेखि काठमाडौंमा आन्दोलन शुरू गरेका छन् । बिहीवार बल्खुमा भएको आन्दोलनले झडपको स्थिति सिर्जना भएको थियो ।

null

प्रसाईंको आन्दोलनमा साथ दिन आएकाको प्रहरी र युवा संघका कार्यकर्तासँग झडप भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्