
पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् ।
यही क्रममा राजावादीहरूले शक्ति प्रदर्शनसमेत गर्न लागेका छन् । आज ८ हजार मोटरसाइकल र्याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।
पूर्वराजा शाह शुक्रबार झापा पुगिसकेका छन् । काठमाडौँमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेको बेला झापामा पूर्वराजाको उपस्थितिमा राजावादीहरुले गर्न लागेको अर्को कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।