
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले आज (शनिबार) काठमाडौंको सिफल चौरमा विरोध कार्यक्रम गर्ने भएको छ। काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न नदिएपछि प्रसाईं समूहले जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्न लागेको हो ।
काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा कार्यक्रम गर्ने सहमति भएको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।
उनका अनुसार प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने बताएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।
शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो ।
बिहीबार समूहले बल्खुमा कार्यक्रम गरेको थियो ।