०८ असार २०८३, सोमबार
पिकनिकबाट फर्केको बस दुर्घना

उदयपुरको त्रियुगामा स्कूल बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

मंसिर ९, २०८०
उदयपुर
उदयपुरको त्रियुगामा स्कूल बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु
फाइल फोटो

उदयपुरमा स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

अन्य ३९ जना घाइते भएका छन्।​​

अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कूलको प्र–०५–००१ ख ००४४ नम्बरको बस शनिवार दिउँसो अधेरी झर्ना नजिकै दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीका मृत्यु हुनेमा उदयपुरको दुर्घटनामा परी त्रियुगा नगरपालिका–५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरी छन्।​

प्रहरीका अनुसार ​उदयपुरगढी गाउँपालिका–७ मा पिकनिक गएर फर्किँदै गरेको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । 

अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्