११ साउन २०८३, सोमबार

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

मंसिर ९, २०८०
काठमाडौं
खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

 भागवत खनालको कथाहरुको संगालो  ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ । २४ कथाहरुको संगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक बिनिता खनाल,कल्पना अधिकारी र सिर्जना तिवारीले लोकार्पण गरे । 

तीन दशक लामो निजामती सेवामा बिताएर सहसचिवबाट अवकास पाएपछि खनालले सामाजिक र ऐतिहासिक विषय समेटेर कथाको संगालो ल्याएका हुन् । 

कथाको संगालो लोकार्पण कार्यक्रममा साहित्यकार अभय श्रेष्ठले  भागवत खनालका कथाहरुमा सामाजिक विषयवस्तुहरु चोटिलो पाराले सामान्य व्यक्तिले बुझ्ने भाषामा लेखिएको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्