२४ असार २०८३, बुधबार

१६ दिनदेखि सुरुङमा फसेका मजदुर निकाल्ने प्रयास जारी

मंसिर १०, २०८०
काठमाडौं
१६ दिनदेखि सुरुङमा फसेका मजदुर निकाल्ने प्रयास जारी

भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने प्रयास भइरहेको छ । तर १६ दिनसम्म पनि उनीहरूलाई निकाल्न सकिएको छैन । उनीहरूलाई निकाल्न हरसम्भव प्रयास भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार टनेलभित्र ड्रिलिङका लागि लगाइएको मेसिन टुटेको छ । जसले उद्धारमा बाधा आएको छ । 

यसैबीच उद्धारका लागि भारतीय वायु सेनाको सहयोग मागिएको छ । उद्धारका लागि हैदराबादबाट मेसिन मगाइएको छ । 

सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि पाइपबाट पठाइरहेका छन् । १६ दिनअघि निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्