३१ असार २०८३, बुधबार

हातखुट्टा बाँधिएको अवस्थामा बोरामा भेटिएका २ शवको पहिचान हुन सकेन, प्रहरीले माग्यो सहयोग

मंसिर १०, २०८०
चितवन
हातखुट्टा बाँधिएको अवस्थामा बोरामा भेटिएका २ शवको पहिचान हुन सकेन, प्रहरीले माग्यो सहयोग

चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोकमा भेटिएका दुई शवको अझै पहिचान हुन सकेको छैन ।

यही मङ्सिर ६ गते बुधवार मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुन नसकेका शव कल्भटमुनि दुई वटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सनाखतका लागि प्रहरीले उनीहरूले लगाएका कपडा तथा बरामद भएका अन्य सामग्रीको तस्वीर सामाजिक सञ्जालमा राखेर आग्रह गरेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय चितवनले ९८५५०९०१३३ मा सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्नका लागि अनुरोधसमेत गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्