
भारतीय कलाकार ओम पुरीको मृत्यु बारेको शंका बढ्दै गइरहेको छ । उनको फोन खोजी गर्न प्रहरी असफल भइरहेको समाचारहरु सार्वजनिक भइरहेको बेला उनको फोना दोस्री श्रीमतीसँग फेला परेको छ ।
चर्चित कलाकार ओम पुरीको मृत्युको रहस्य बढ्दै गइरहेको छ । एक तिर प्रहरी अहिलेपनि मेडिकल रिपोर्ट कुरिरहेको छ । मृत्युको वास्तविक कारण पत्तालगाउन पनि फोरेन्सी रिपोर्ट आवश्यक रहेको प्रहरी भनाइ छ ।
ओम पूरीको फोन दोस्री श्रीमतीसँग फेला परेका समाचारहरु सार्वजनिक भएपनि यसको पुष्टि हुन भने बाँकी रहेको जनाइएको छ ।
प्रहरीले पुरीको मोबाइल फेला नपरेपछि उनकी दोस्री श्रीमतीसँग त्यसबारे पुछताछ गरेको थियो तर उनले आफूलाई त्यसबारेमा थाहा नभएको बताएकी थिइन् ।
प्रहरीले मोबाइलको लोकेशन ट्रेस गर्ने क्रममा नन्दीताको ठेगाना भएको स्थानमा भएको पाइएको थियो । त्यसपछि प्रहरीले पुन उनलाई सोधखोज गर्दा मोबाइल आफूसँग भएको बताएको जनाइएको छ ।
डाक्टरहरुले ओम पुरीको धेरै रक्सी पिएका कारण हर्ट अट्याक आएको हुनसक्ने अनुमान गरिएको छ ।