२७ जेठ २०८३, बुधबार

काठमाडौंको घट्टेकुलोमा सांसदकै धनमाल लुटियो

मंसिर १२, २०८०
काठमाडौं
काठमाडौंको घट्टेकुलोमा सांसदकै धनमाल लुटियो

काठमाडौं महानगरपालिस्थित घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । 

आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । 

'पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,' उनले भने । 

घटनाबारे सीसीटिभी फुटेजका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्