१५ असार २०८३, सोमबार

पोखरा जाँदै गरेको बस ​तनहुँको घाँसीकुवामा दुर्घटना, ३६ जना घाइते

मंसिर १३, २०८०
काठमाडौं
पोखरा जाँदै गरेको बस ​तनहुँको घाँसीकुवामा दुर्घटना, ३६ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्