२३ जेठ २०८३, शनिबार

निरन्तर बढ्दै सुनको मूल्य, तोलाको एक लाख १९ हजार ३०० रुपैयाँ पुग्यो

मंसिर १३, २०८०
काठमाडौं
निरन्तर बढ्दै सुनको मूल्य, तोलाको एक लाख १९ हजार ३०० रुपैयाँ पुग्यो

पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाइरहेको छ । 

बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्