×

सिन्धुलीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्वीलर अटो ‘ट्रियो’को बढ्दो लोकप्रियता​​​​

काठमाडाैं | मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​

Laxmi Bank

महिन्द्राले छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक बिक्री गरिरहेको छ । सिन्धुलीमा पनि स्थानीयले ट्रेओलाई अत्यधिक रुचाएका छन् ।


Advertisment

हालै मात्र कम्पनीले सिन्धुलीका ३ महिला र १३ पुरुषलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ ।


Advertisment

अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीयलाई इलेक्ट्रिक अटो ‘ट्रियो’ खरिदमा सहज बनाइएको छ ।

साथै सवारी साधन बीमा गर्नलाई भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ ।

संस्थाहरूको यस प्रकारको वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको कम्पनीले जनाएको छ ।

आर्थिकभार कम पर्ने र पेट्रोल मुक्त सार्वजनिक यातायात आए सँगै स्थानीयहरू पनि खुशी बनेका छन्  । अहिले सिन्धुलीको सडकमा ट्रेओको संख्या उल्लेखनीय मात्रामा बढेको कम्पनीको दाबी छ ।

सिन्धुलीमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो– इलेक्ट्रिक अटो यही मंसिर ७ गते बिहीवारका दिन भव्य समारोहमा नयाँ तथा पुराना ‘ट्रियो’ ग्राहकसँगै सिन्धुलीको सडकमा ‘ट्रियो’ को लस्करका साथ बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारिक विक्रेता खड्ग श्रेष्ठ र टीका श्रेष्ठसहित सिन्धुली शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो ।​

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ ।

‘नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।’​

ट्रियो विद्युतीय सवारी साधन सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २ हजार ७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

साउन ३१, २०८१

निजी क्षेत्रको लगानीमा बुटवलमा निर्माण भएको पाँच तारे होटल सफ्रोन सीके प्रालि सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल अबको केही महिनाभित्र सञ्चालनमा आ...

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

भदौ ३०, २०८१

सस्तोमा प्रिमियम लक्जरियस एसयूभी भनेर प्रचार–प्रसार गरिएको डीपलका गाडी किनेका सवारीधनीले अनेक किसिमका सास्ती व्यहोर्दै आएका छन् ।  यस्तै सास्ती बेहोरेका एक ग्राहकले २ महिनाअघि मन पराएर किनेक...

भदौ १९, २०८१

गत वर्षको चैत १८ गते डीपल एस ०७ नेपाली ईभी मार्केटमा निकै प्रचार-प्रसारका साथ लन्च गरियो । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल स्वामित्वको एमएडब्ल्यू वृद्धिले चीनको चांगन मोटर्सबाट डीपल आयात गरे...

साउन ४, २०८१

मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x