२१ जेठ २०८३, बिहीबार

नेपाली कामदारलाई कोरियामा थपियो रोजगारी

मंसिर १४, २०८०
काठमाडौं
नेपाली कामदारलाई कोरियामा थपियो रोजगारी

रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो ।

वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ ।

सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्