०८ साउन २०८३, शुक्रबार
महाकाली-मेची अभियानमा एमाले

बैतडीको झुलाघाटबाट शुरू भयो एमालेको संकल्प यात्रा, पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने

मंसिर १४, २०८०
काठमाडौं
बैतडीको झुलाघाटबाट शुरू भयो एमालेको संकल्प यात्रा, पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को महाकाली–मेची अभियान बिहीबारदेखि शुरू भएको छ । 

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको उक्त अभियानको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहीवार बिहान  नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । 

 संकल्प यात्रा शुभारम्भपछि बिहीवार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागेको  आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बैतडीले जनाएको छ  । साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

यात्रा सुदूरपूर्वको पहाडी जिल्ला पाँचथरको चियाभञ्ज्याङमा गएर टुंगिने छ । सो क्षेत्र भारतको सीमासँग जोडिएको छ ।  

हेर्नुहोस्, तस्वीरहरू – (सौजन्य : एमाले अध्यक्ष ओलीको सचिवालय) :

nullnullnullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्