१३ असार २०८३, शनिबार

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका खड्काको परिवारलाई उपमहानगरले १ लाख दिने

मंसिर १४, २०८०
विराटनगर
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका खड्काको परिवारलाई उपमहानगरले १ लाख दिने

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग भएको छ । 

बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षीय खड्काको परिवारलाई सहयोगको घोषणा भएको हो । 

इटहरीका मेयर हेमकर्ण पौडेलले बिहीवार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।

इटहरीमा जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाएको तीन महिनाभन्दा बढी भएको भन्दै स्थानीयले हात्ती नियन्त्रण गर्न माग गरेका थिए ।

मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार रातिदेखि नै रात्रि गस्ती गरिने आश्वासन दिएका छन् । 

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं. २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पुर्‍याएको थियो । 

दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो । भारतको पश्चिमबंगाल हुँदै झापाबाट चारकोसे जंगलमा हात्ती बसेको स्थानीयको भनाइ छ ।

इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्ती मानव बस्तीमा पस्ने गरे स्थानीयका भनाइ छ ।

चारकोसे जंगल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको संख्या  १५० हाराहारीमा रहेको हात्ती विज्ञ अशोक रामले बताए ।

salt training

कमेन्ट गर्नुहोस्