
वीर अस्पतालको निर्देशकको जिम्मेवारी खोसिएपछि डा सन्तोष पौडेलले आक्रोश पोखेका छन् । कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको हर्कतबाट लोकतन्त्र नै लजाएको टिप्पणी गरेका छन् ।
‘यो राणा शासन भन्दा कडा अधिनयकवाद हो ’ विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो ।’
पौडेललाई तत्कालीन स्वास्थ्य मन्त्री पदम गरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए । मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई बिहीबार पठाइएको पत्रमा मन्त्रालयमा हाजिर हुन आउन भनिएको छ ।