२८ जेठ २०८३, बिहीबार

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

मंसिर १६, २०८०
काठमाडौं
प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।

अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । आयोजकले कम्तिमा दुईदिन सम्म प्रशिक्षण कार्यक्रम राख्ने गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

समसामयीक राजनीति, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषय, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनलगायतका विषयमा अध्यक्ष यादवले प्रशिक्षण दिने गरेका छन् ।

अध्यक्ष यादव कार्यकर्ता प्रशिक्षणका लागि मंसिर १७ गते बाँके पुग्ने कार्यक्रम छ । त्यस लगत्तै मंसिर १९ गतेदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक अध्यक्ष यादव नै रहने छन् । यादव प्रशिक्षण कार्यक्रममा व्यस्त हुँदा उनका पछिल्ला राजनीतिक भेटघाटहरु प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्