
धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला टोल बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर रहेका छन् ।
उनलाई १ थान कटुवा पेस्तोलसहित शुक्रवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।