२८ जेठ २०८३, बिहीबार

लोकतन्त्र अप्ठ्यारोमा परेको छैन : विश्वप्रकाश शर्मा

मंसिर १६, २०८०
बुटवल
लोकतन्त्र अप्ठ्यारोमा परेको छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र अप्ठ्यारोमा नरहेको बताएका छन् ।

बुटवलमा शनिवारबाट शुरू भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । राजाको शासनमा भन्दा लोकतान्त्रिक गणतन्त्रमा धेरै उपलब्धि भएको उनको भनाइ छ ।

‘महाराजाधिराजले शासन गरेर छोड्दै गर्दा ३० प्रतिशत मात्रै घरमा पानी पुगेको थियो। मरुभूमिजस्तो मानिसको आँगनमा धारा पुग्यो। पुर्‍याउने काम हामीले नै गर्‍यौं’, महामन्त्री शर्माले भने, ‘पञ्चायतमा २२७ मेगावाट मात्रै थियो, तर गणतन्त्रमा २ हजार ६६६ मेगावाट बिजुली उत्पादन भएको छ।’

केही समययता राजावादीहरूको प्रदर्शन भएको भन्दै उनले लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए।

salt training

कमेन्ट गर्नुहोस्