२९ जेठ २०८३, शुक्रबार

कोशीका प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच पहिचानको मागबारे छलफल

मंसिर १६, २०८०
विराटनगर
कोशीका प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच पहिचानको मागबारे छलफल
फाइल तस्वीर ।

प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।

अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखसँग छलफल गरेका छन् । मुख्यमन्त्री कार्कीले पहिचाहनलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताएका थिए । पहिचाहनको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको भेटपछि राससलाई बताए । 

उनले भने, ‘प्रदेश सरकारले फाल्गुनन्द भाषा, संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा, संस्कृतिको विकास गर्ने योजना बनाएको छ ।’ तुवाचुङ र खुवालुङजस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको बताए । 

प्रदेश प्रमुख एउटा आलङ्कारिक मात्र नभई प्रदेशको अभिभावक भएकोे बताउँदै मुख्यमन्त्री कार्कील भने, ‘बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा हाम्रा मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।’ 


प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचाहनको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्