३० जेठ २०८३, शनिबार

काठमाडौंमा आज यस वर्षकै धेरै चिसो, दिउँसो भने घाम लाग्ने

मंसिर १७, २०८०
काठमाडौं
काठमाडौंमा आज यस वर्षकै धेरै चिसो, दिउँसो भने घाम लाग्ने

काठमाडौंमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको हो । 

काठमाडौंमा आज न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् सरोज पुडासैनीले बताए । 'काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ, काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ,' उनले भने ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्